सेवा नेपालको सेवा नेपालको स्थापना दिवसका साथै शाखा कार्यालय विस्तार

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) को स्थापना दिवसको अवसरमा वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशमा एक कार्यक्रम गरी स्थापना दिवस मनाइएको छ। 

सेवा नेपालकी अध्यक्ष श्री टिका कुमारी अधिकारी, सेवा नेपालका प्रमुख सल्लाहकार डा. महेन्द्रनाथ लोहनी,  हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी, कार्यक्रम निर्देशक सविना प्रधान, सेवा नेपालकी संस्थापक अध्यक्ष श्री पार्वती न्यौपाने, नेपालगंज क्लस्टर कार्यक्रम प्रबन्धक प्रकाश के सि, वीरेन्द्रनगर नगरपालिका वार्ड नं १ का वडाध्यक्ष दिनेश खत्री ज्यु, सेवा नेपालको कार्य समिति सदस्यहरु, कर्मचारीहरू तथा सामाजिक उद्यमी महिला हरूको  उपस्थितिमा सेवा नेपालको स्थापना दिवसका साथै शाखा कार्यालय विस्तार समुद्घाटन कार्यक्रम सुसपन्न भएको छ । यस कार्यक्रममा स्वागत मन्तव्य सेवा नेपालकी उपाध्यक्ष गोमा अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सेवा नेपालकी सचिव शैलजा घिमिरे पौडेल गर्नुभएको थियो।

०३.jpg 713.67 KB